Aamsanchar

बसको ठक्करबाट मृत्यु

Author Image
मङ्गलवार, भदौ २६, २०७५

राजापुर,

पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा आज बेलुका बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

बसको ठक्करबाट बाँसगढी नगरपालिका–९ माछागढका १६ वर्षीय विक्रम विक र ९ वर्षीया तृष्णा विकको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

बस र चालकलाई बाँसगढी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Views: 228

प्रतिक्रिया (०)