Aamsanchar

तीजलाई मितव्ययी बनाउन नेता पौडेलको आग्रह

Author Image
बुधवार, भदौ २७, २०७५

काठमाडौँ, 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज बिहान शुभकामना सन्देश दिँदै नेता पौडेलले बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा मित्रता, सहिष्णुता, सामाजिक एकता, सदभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउनुका साथै सामाजिक रुपान्तरण, मुलुकको परिर्वतन र विकासका लागि हातेमालो गरेर अघि बढ्न समेत प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्ने सन्दर्भ उल्लेख गर्दै उहाँले यस प्रकारको पर्वलाई मितव्ययी बनाएर उल्लासपूर्वक मनाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर