काठमाडौं,

नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन्। श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्। लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् ।

नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन्।

Views: 240

