Aamsanchar

किर्ते मुद्दामा फरार पक्राउ

Author Image
बुधवार, भदौ २७, २०७५

ताप्लेजुङ,

सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी यहाँ ल्याइएको छ ।

फुङ्लिङ नगरपालिका घर भई हाल ललितपुर धापाखेलमा डेरा गरी बसोबास गर्दै आएका रवीन सेनेहाङलाई प्रहरीले पक्राउ गरी ताप्लेजुङ ल्याएको हो ।

गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको मुद्दाका आधारमा सेनेहाङलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

यही भदौ २० गते पक्राउ परेका ४७ वर्षीय सेनेहाङलाई ललितपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । जिल्ला अदालतबाट म्याद थप गरी सेनेहाङमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर