Aamsanchar

यि चर्चित बलिउड कलाकार जो मृत्यपछि पनि जीवित रहनेछ, खुसीका साथ दान गरिसके आफ्ना यी महत्वपूर्ण अंग

Author Image
बिहिवार, भदौ २८, २०७५

एजेन्सी,

पर्दामा कसैसँग भेट हुनु, बिछोडिनु, कोही गुमाउनु, टाढिनु र मृत्युको किस्सालाई बडो कलात्मक सरल तरिकाले प्रस्तुत गरिन्छ। पर्दामा निर्जीव चरित्रलाई सजीव तुल्याउन ज्यान जोखिममा डाल्न हरपल तत्पर रहने केही कलाकारहरुले आफ्नो मृत्यु पछि पनि दोस्रो व्यक्तिको माध्यमबाट जिन्दगी जिउने फैसला गरेका छन्।। यसको मतलब उनीहरुले आफ्नो अंग दान गर्ने अठोट गरेका छन्।हेरौ कुन कुन कलाकारले कुन अगं दान गरेका छन् ।

आमिर खान – बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ को उपमा पाएका अभिनेता आमिर खानले आफ्नो मृत्यु पछि आफ्ना शरिरका सम्पूर्ण महत्वपूर्ण अङ्गहरु जस्तै मृगौला, आँखा, मुटु, कलेजो आदि दान दिने घोषणा गरेका छन्। फिल्म ‘शिप अफ थिसियस’ हेरेपछि उक्त फिल्मले आफूलाई अंग दान गर्न घचघच्याएको उनले बताए।

अमिताभ बच्चन –बलिउडका शहंशाह अमिताभ बच्चनले पनि मृत्यु पछि आफ्नो आँखा दान गर्ने प्रण लिएका छन्।

ऐश्वर्या राय बच्चन –विश्वका सबैभन्दा सुन्दर महिलाहरु मध्ये एक ऐश्वर्या राय बच्चन मृत्यु पछि पनि यस संसारलाई हेरिरहनेछिन्। उनले आफ्नो सुन्दर आँखा दान गर्ने निर्णय गरेकी छिन्।

प्रियंका चोपडा –अभिनेत्री प्रियंका चोपडाले आफ्ना सम्पूर्ण अंग दान दिने सपथ लिएकी छिन्। आफ्ना पिताको मृत्युपछि आफूले यो निर्णय लिएको उनले बताईन्। प्रियंका भन्छिन् – “मैले अंगदानको महत्व बुझेकी छुँ किनकी मेरा पितालाई पनि यसको आवश्यकता थियो।”

सलमान खान –बलिउडका दबंग सलमान खानले आफ्नो रगत मासी९बोन म्यारो० दान दिने निर्णय लिएका छन्। बोन म्यारोले मानव शरीरमा रगत बनाउन सहयोग गर्दछ।

रानी मुखर्जी –बलिउडका वरिष्ठ चलचित्र निर्माता आदित्य चोपडाकी पत्नी तथा अभिनेत्री रानी मुखर्जीले आफ्नो आँखा दान दिने घोषणा गरेकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर