एजेन्सी ।

बलिउड नायक सलमान खान पछील्लो समय निक्कै बिवादमा फसिरहेका छन् । उनी बिरुद्धको मुद्दा दर्ता भएको समाचार प्रकाशित भइरहेको हुन्छ ।

बिहारको मुज्जफुर अदालतले उनको फिल्म लवरात्रीका विरुद्ध परेको एक निवेदनमाथि प्रारम्भीक कारबाही गर्न प्रहरीलाई आदेश दिएको छ । सलमान खानसहित अन्य ७ जना कलाकारमाथि कानुनी कारबाही हुन लागेको हो ।

लवरात्री फिल्म आगामी अक्टुबर ५ मा दुर्गापूजाका दिन रिलिज हुँदैछ । बिहारका एक जना वलिक सुधीर ओझाले सो फिल्मले हिन्दुको भावनामा ठेस पुर्याएको भन्दै अदालतमा एक निवेदन दिएका थिए ।


मुद्दा दर्ता मात्र हैन एक संगठनका प्रमुखले त सलमान खानलाई मारे २ लाख रुपैयाँ पुरस्कार दिनेसमेत घोषणा गरेका थिए । फिल्म विवादमा फसेपछि सलमान खान पनि तनावमा परेको बताइएको छ ।
Views: 252

