Aamsanchar

साढे दुई लाख रुपैयाँ र पौने एक तोला सुन सहित युवती बेपत्ता

Author Image
शुक्रवार, भदौ २९, २०७५

बुटवल ।

विगत ९ दिन देखि एक युवती नगद २ लाख रुपैयाँ र पौने एक तोला सुन सहित बेपत्ता भएकी छन । युवती वेपत्ता भएसंगै परिवारमा रुवावासी चलेको छ ।

गुल्मी जिल्ला साविक पुर्कोट दह हाल मदाने गाउँपालिका वडा नम्बर ६ नुहारा घर भै सुपादेउराली एग्रो फरेस्टी नामक संस्था कपिलवस्तुको गोरुसिङेमा बजार प्रतिनिधीका रुपमा कार्यरत १७ वर्षिय चिना कुंवर यही भाद्र २० गते देखि हराएको परिवारका सदस्यले जनाएका छन । नेपाल समाचारपत्रमा छापिएको छ ।

अनमी पढन पैसा चाहिएको भन्दै कतारमा रोजगारी गर्ने बुवाले १ लाख ५० हजार पठाईदिएका र मामासंगवाट थप ५० हजार गरी २ लाख रुपैया र पौने एक तोलाको सुनको सिक्री सहित कुंवर बुटवलवाट वेपत्ता भएको काका विमल कुंवरले बताउनु भयो ।

युवति वेपत्ता भएपछि खोजविनका लागि ईलाका प्रहरी कार्यालय गोरुसिङेमा जाहेरी दिए पनि हालसम्म कुनै जानकारी नपाउदां चिन्तीत हुनु परेको काका विमलले बताउनु भयो

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर