Aamsanchar

निलम्बित एसपीका बाबुछोरासहित मेयरका भतिजको डीएनए परीक्षण सुरु

Author Image
शुक्रवार, भदौ २९, २०७५

काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपति हत्या घटनाको छानविनका क्रममा प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परिक्षण सुरु गरेको छ ।नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले उनिहरु ३ जनाको डीएनए परीक्षण सुरु गरेको हो।

न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेपछि एक्त कदम चालिएको छ ।

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो भने घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैया धरौटीमा छोडिएको छ ।

सो घटनाको प्रमाण नष्ट गर्न नै प्रहरीको भूमिका रहेको आशंका गरिएका बेला प्रहरी प्रधान कार्यालयले एसपीसहित तीन जनाको डीएनए परीक्षण गर्न सुरु गरेको हो ।

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर