

उदयपुर,

केन्द्रीय तथ्यांक विभागको आर्थिक जनगणना २०७५ अनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा सबैभन्दा थोरै व्यावसायिक प्रतिष्ठान तेह्रथुमा छ भने धेरै झापामा छन्।


विभागका अनुसार प्रदेश १ मा पर्ने १४ जिल्लामा कुल एक लाख ६८ हजार ४३४ व्यवसायिक प्रतिष्ठानबाट पाँच लाख ८० हजारले रोजगारी पाएका छन्, जसबाट तीन लाख ३४ हजार १९० पुरुष र दुई लाख ४५ हजार ८१० महिला रहेका छन्। जसमा सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान झापामा छ भने थोरै व्यावसायिक प्रतिष्ठान तेह्रथुममा रहेको विभागले जनाएको छ।

कुन जिल्लामा कति प्रतिष्ठानले दिए रोजगारी ?
तेह्रथुममा तीन हजार ४१० व्यावसायिक प्रतिष्ठानबाट १० हजार ५६९ ले जनाले रोजगारी पाएका छन्, जसमा पुरुषको संख्या पाँच हजार ५३६ र महिला पाँच हजार ३३ रहेका छन्।
यसैगरी पझापामा सबैभन्दा ठूलो संख्यामा व्यवसायिक प्रतिष्ठान छन्। तथ्यांकअनुसार झापामा ३८ हजार ७४१ प्रतिष्ठानबाट एक लाख २९ हजार १८० जनाले रोजगारी पाएका छन्,जसमा पुरुषको संख्या ७४ हजार ३३ छ भने महिलाको संख्या ५५ हजार १३७ रहेको छ। यसैगरी दोस्रो नम्बरमा सबैभन्दा थोरै व्यावसायिक प्रतिष्ठान रहेको जिल्ला सोलुखम्बु परेको छ। सोलुखम्बुमा तीन हजार ५०६ व्यावसायिक प्रतिष्ठानबाट जम्मा १० हजार ७३ जनाले रोजगारी पाएका छन्, जसमा पुरुष पाँच हजार १७५ छन् भने महिला चार हजार ८९८ छन् यसैगरी सबैधन्दा धेरै व्यावसायिक प्रतिष्ठान हुने जिल्लामा मोरंङ छ। मोरङमा ३५ हजार २३७ प्रतिष्ठानबाट एक लाख ४३ हजार ३८६ ले रोजगारी पाएका छन्।
जसमा पुरुषको संख्या ८८ हजार ९६१ र महिला ५४ हजार ४२५ रहेका छन्। यसैगरी तेस्रो नम्बरमा सबैभन्दा कम प्रतिष्ठान हुने जिल्ला भोजपुर हो। भोजपुरमा चार हजार ७४ व्यावसायिक प्रतिष्ठानबाट कुल १० हजार ६६० जनाले रोजगारी पाएका छन्। रोजगारी पाउने पुरुष पाँच हजार ९७४ र महिला चार हजार ६८६ रहेका छन्। यसैगरी धेरै प्रतिष्ठान हुने तेस्रो जिल्लामा छ। सुनसरीमा जम्मा ३१ हजार ४८६ व्यावसायिक प्रतिष्ठानबाट जम्मा एकलाख २६ हजार ४८१ जनाले रोजगारी पाएका छन्, जसमा पुरुषको संख्या ७२ हजार ७४१ छ भने महिलाको संख्या ५३ हजार ७४० रहेको तथ्यांक विभागले जानकारी दिएको छ।
सार्वजानिक भएको तथ्यांकअनुसार ताप्लेजुङमा चार हजार ६५३ प्रतिष्ठानबाट १३ हजार २२५ जनाले रोजगारी पाएका छन्, जसमा पुरुष सात हजार ३३७ र महिला पाँचहजार ८८८ छन्। यसैगरी संखुवसभामा ६ हजार ३७ व्यवसायिक प्रतिष्ठानबाट १८ हजार ९१३ जनाले रोजगारी पाएका छन्, जसमा पुरुष नौ हजार ९९६ र महिला अाठ हजार ९१७ रहेका छन्। यसैगरी ओखलढुङ्गामा चार हजार ३५० प्रतिष्ठानबाट १४ हजार २०१ ले रोजगारी पाएका छन्, जसमा पुरुष सात हजार ४०६, महिला ६ हजार ७९५ रहेको जनाइएको छ।
यता खोटाङमा चार हजार ३०७ प्रतिष्ठानबाट १६ हजार २७९ जनाले रोजगारी पाएका छन्, जसमा पुरुष नौ हजार १० र महिला सात हजार २६९ छन्। यसैगरी धनकुटामा ६ हजार नौ व्यावसायिक प्रतिष्ठानबाट १६ हजार ४८८ जनाले रोजगारी पाएका छन्, जसमा ८ हजार ७५२ पुरुष र सात हजार ७३६ महिला छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार पाँचथरमा पाँच हजार ४४१ प्रष्ठिानबाट कुल १३ हजार ५६१ ले रोजगारी पाएका छन्, जसमा पुरुष सात हजार ६९६ छन् भने महिला पाँच हजार ८६५ रहेको जनाएको छ।
यता इलाममा ९ हजार ६६७ व्यावसायिक प्रतिष्ठानबाट २८ हजार ४३६ जनाले रोजगारी पाएका छन्, जसमा १५ हजार ६९२ पुरुष र महिला १२ हजार ७४४ छन्। उदयपुरमा रहेका कुल ११ हजार ५१६ प्रतिष्ठानबाट २८ हजार ५४८ जनाले रोजगारी पाएका छन्, जसमा पुरुष १५ हजार ८७१ र महिला १२ हजार ६७७ छन्।-थाहाखबरबाट

