Aamsanchar

सम्बन्ध विच्छेद गर्न खोज्ने पुरुषहरुको संख्या बढ्दै , रुपन्देहीमा २६ जनाको निवेदन

Author Image
आइतवार, भदौ ३१, २०७५

रुपन्देही ।

रुपन्देहीमा सम्बन्ध विच्छेद गर्ने पुरुषहरु बढ्न थालेका छन् । नयाँ मुलकी संहिता लागु भएपछि नयाँ कानुनलाई टेक्दै पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अदालतमा पुगेका हुन् ।

पुरानो मुलकी ऐनमा श्रीमतीले मात्र श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न सक्ने प्रावाधन थियो । तर, सरकारले हालै कार्यान्वयनमा ल्याएको नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ अन्र्तगत श्रीमानले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने भएपछि सम्बन्ध विच्छेद गर्न खोज्ने पुरुषहरुको संख्या बढेको हो ।

२०७५ भदौ एक गतेदेखि मुलुकी संहिता लागु भएपछि भदौ २२ गतेसम्म ५० वटा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार संजिव पोखरेलले जानकारी दिए ।

२२ दिनको अवधीमा अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएका छन् । २२ दिनको अवधी ५० वटा मुद्दा मध्ये २६ वटा पुरुषले र २४ वटा महिलाले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ ।

सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउने पुरुषहरु अधिकांश २७ देखि ३८ वर्ष उमेर समूहका छन् । पुरुषहरु प्राय मुलुकी देवानी संहिताको परिच्छेद ३ सम्बन्ध बिच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ को (ग) लाई टेकेर सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएको देखिएको श्रेष्तेदार पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर