सुखानी ।

ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले तेस्रो महाअधिवेसन सम्पन्न गरेको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले जेष्ठ नागरिकहरुको भरोसा र आर्शिवादलाई शिरमा राखी नगरबासी जनतालाई केन्द्रमा राखेर अगाडि बढेँको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रानाले अर्जुनधारालाई महाभारतीय इतिहासकालको झझल्को आउने गरी आफूले काम गर्ने खोजेको बताउँदै नगर केन्द्र शनिश्चरे बजारलाई मनमोहक स्थल बनाउन योजना अघि सारिसकेको बताए । श्रोत,साधनलाई इमान्दारितापूर्वक परिचालन गरी नगर क्षेत्र सुन्दर बनाउन उनले आग्रह समेत गरेँ ।
कार्यक्रममा झापा जिल्ला जेष्ठ नागरिक समाजका उपाध्यक्ष हरि ओलीले समाज गैर नाफामुलक र गैर राजनीतकि हुनुपर्नेमा आग्रह गरेका थिए । स्वास्थ्य, यातायात केही कानुन निर्माण गरीसकेको भएपनि राज्यबाट कार्यान्वयन हुन नसक्दा समस्या झेल्नुपरेको बताए ।

संस्थाका सचिव विष्णु कुमार शर्मा भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आ.ब. २०७४÷०७५ को आय तर्फ ५ लाख ९४ हजार ८ सय ८० रुपैंया र व्यय तर्फ १ लाख ४४ हजार १ सय ६० रुपैंया रहेको संस्थाका कोषाध्यक्ष महेश ढकालले प्रस्तुत गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष लक्ष्मी इङनामको स्वागत रहेको कार्यक्रममा समाजका अध्यक्ष राम प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

