Aamsanchar

प्याबसन मेचीनगरको अध्यक्षमा रुचाल

Author Image
आइतवार, भदौ ३१, २०७५

मेचीनगर ।

प्याबसन मेचीनगरको अध्यक्षमा थेसिज वोर्डिङ स्कुल मेचीनगर–३ का प्रिन्सपल डम्वर रुचाल चयन भएका छन् । केही दिन अघिनै समिति चयन भएपनि शनिवार प्यावसन जिल्ला कार्य समितिको विर्तामोडस्थित कार्यलयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कार्यसमितिको नामावलि सार्वजनिक गरिएकको हो ।

मेचीनगर समितिको उपाध्यक्षमा विक्रम क्षेत्री (कन्भेन्ट वोर्डिङ स्कुल), सचिव बिनोद प्रधान (पारिजात पव्लिक स्कुल), कोषाध्यक्ष मन्७िजल श्रेण्ठ (दोेकानडाडा वोर्डिङ स्कुल) चयन भएका हुन ।

समितिको सदस्यमा कमल भेट्टवाल –झापा नेशनल स्कुल), एटम प्रधान (फाइबस्टार), रमेश खड्का (ओशयानिक) र रेवन्त दुङ्गाना (मेरीगोल्ड) रहेका छन् । एक सदस्य पछि चयन गरिने वताइएको छ ।

मेचीनगर समितिलगायत झापा जिल्लाका १५ पालिकास्तरिय समितिले शनिवार र प्यावसन जिल्ला कार्य समितिको विर्तामोडस्थित कार्यलयमा सपथ खाएका छन ।

प्यावसन प्रदेश एकका अध्यक्ष नारायण प्रसाद द्दिमिरेको प्रमुख आथित्यमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा नगर कार्यसमितिको तर्फवाट अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद घिमिरे, गाउ कार्यसमितिको तर्फवाट कमलप्रसाद राजवंशी, सल्लाकार मिलनकुमार दुङ्गाना, जिल्ला अध्यक्ष कोषराज प्याकुरेल, केन्द्रिय सदस्य गुरुभक्त नेउपानेलगायत मन्तव्य राखेका थिए । निर्वाचन समिति संयोजक गोविन्द लम्सालको सभापतित्वमा कार्यक्रमा सम्पन्न भएको थियो ।

Views: 266

प्रतिक्रिया (०)