Aamsanchar

बिहे गर्छु भन्दै युवती बेच्ने दुईजना पशुपतिनगर नाकाबाट पक्राउ

Author Image
सोमवार, असोज १, २०७५

इलाम,

युवतीलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै ती दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् ।

पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर