झापा ।

चालकहरुले सवारी सञ्चालन नगरेपछि झापासहित देशभरको सार्वजनिक यातायात ठप्प भएको छ ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण यातायात ठप्प बनेको हो । सरकारद्वारा जारी गरिएको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।
जारी गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका छन् ।

पूर्वका झापा, मोरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प हुदाँ हजारौं यात्रुको बिच्चली भएको छ ।
ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको , जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति असन्तुष्ट रहेको र याताायात ठप्प पार्नुको बिकल्प नभएको यातायात चालकहरुको भनाई छ ।
Views: 229

