Aamsanchar

लागुऔषधसहित एक पक्राउ

Author Image
बुधवार, असोज ३, २०७५

वीरगञ्ज, 

भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताउनुभयो ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर