Aamsanchar

जग्गाको विषयमा मेचीनगरमा लफडा ! ज्ञापनपत्रको जवाफ पत्रकार सम्मेलनमार्फत

Author Image
बिहिवार, असोज ४, २०७५

बिर्तामोड।

मेचीनगर नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा प्रस्तुत ज्ञापन पत्रको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रमुख विमल आचार्यले नगर कार्यालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ज्ञापनपत्रमा देखाइएका असन्तुष्टका सम्बन्धमा सहमति र सहकार्यबाट अघि बढ्न सकिने स्पष्ट पार्दै मेचीनगर नगरपालिकाको साविक वडा नं. १ (हाल वडा नं. १०)को साविक कित्ता नं. ६२ क्षेत्रफल ४०,१५७.८२ वर्ग मिटरको जग्गा सम्बन्धमा जग्गा धनी सुवासराज काफ्लेले सो जग्गाको व्यवसायिक आवासीय प्रयोजनका लागि प्लटिङ गरी नगरपालिकाको कार्यालयमा २०७४।०७।२६ गते कित्ता काटका लागि सिफारिस माग गरेको र सोको दर्ता नं. २४२१ रहेको नगरप्रमुख आचार्यले बताए ।

सोही विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाले विभिन्न शीर्षकमा जानकारीका लागि माग गर्दै ज्ञापनपत्र बुझाएकोले नगरपालिकाले सो विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको बताए ।

व्यवसायिक तथा आवासीय प्लानिङ नगर कार्यपालिकाबाट स्वीकृत भएको योजना तथा भवन मापदण्ड २०७४ बमोजिम नभएको हुँदा सो प्लानिङ संशोधन गरी स्वीकृत मापदण्ड अनुसार हुने गरी च.नं. ८९४ मार्फत २०७४ पुस २९ गते निज काफ्लेलाई जानकारी गराएको र नगरपालिकाबाट माग गरे अनुसार हुने गरी जानकारी गराएको नगर प्रमुख आचार्यले बताए ।

व्यक्तिगत सम्पत्तिका विषयमा जग्गाधनीले अंश बण्डाका लागि कित्ता सिफारिस मागेकाले नगरपालिकाले उनीहरुलाई सिफारिस प्रदान गरेको नगरप्रमुख आचार्यले बताए । उता मेचीनगर नगरपालिका वडा नंं. १० को धुलावारीमा सार्वजनिक हितका लागि छुट्याइएको ५ कठ्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ ।

नेकपा झापा जिल्ला कमिटी सदस्य देबकुमार राईको नेतृत्वमा मंगलवार दिउँसो पार्टीको प्रतिनिधिमण्डलले नगरपालिका समक्ष ज्ञापन–पत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको छ ।

एकदशक अघिसम्म नेपाल चिया विकास निगमको प्रधान कार्यालय रहेको ४ हजार १ सय ५७ वर्ग मिटर क्षेत्रफल भएको सो जग्गा निगमले ऋण बुझाउन नसकेपछि कृषि विकास बैङ्कले काठमाडौँका सुवासराज काफ्लेलाई गत वर्ष विक्री गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)