Aamsanchar

माग पुरा नभए असोज १० गतेबाट चिया कारखाना बन्द गर्ने मजदुरको चेतावनी

Author Image
बिहिवार, असोज ४, २०७५

बिर्तामोड ।

श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चरणवद्ध सङ्घर्षमा उत्रिएका मजदूरले चिया बगान र कारखाना बन्द गर्ने चेतावनी दिएका छन् ।

असोज ९ गतेसम्म पनि आफुहरुको माग पुरा नभए १० गतेबाट कारखाना बन्द गर्ने उनीहरुले घोषणा गरेका छन् । सरकारले चिया बगानमा कार्यरत मजदूरको न्युनतम् ज्याला ३८५ रुपैयाँ तोकेको छ ।

विहीवार विर्तामोडमा पत्रकार सम्मेलन गरी मजदूर सङ्गठनले न्युनतम् ज्याला कार्यान्वयनका लागि सात दिनको अल्टिमेटम दिइएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मजदूर नेता भूपाल सापकोटाले सरकारले तोके अनुसारको ज्याला नपाएपछि बाध्य भएर कारखाना बन्द गर्ने निष्कर्षमा पुगेको बताए ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राईले दशैँको मुखमा पनि मजदूरको आन्दोलन नरोकिने बताए । नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले मजदूरलाई ज्याला नदिने चिया उद्योगीलाई सरकारले जेल हाल्नु पर्ने धारणा ब्यक्र गरे । उनले मजदुरमारा उद्योगी विरुद्ध अब कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

उनीहरुले बिहिबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर श्रमिकहरुसंग गरेको सम्झौता लागुगर्न दबाब दिने, शुक्रबार, विभिन्न राजनीतिक दलहरुसंग चिया मजदुरको माग बारे छलफल गर्ने, असोज ७ गते चन्द्रगढीमा विरोध प्रर्दशन गर्ने र असोज ९ गतेसम्म पनि आफुहरुको माग पुरा नभएमा १० गतेबाट कारखाना बन्द गर्ने घोषणा गरेका छन् ।

गत साउन ३१ गते रनजपत्रमा प्रकाशन गरीको ज्याला दिनसमेत उद्योगीहरुले अटेर गरेर सरकारलाई चुनौति दिइरहेको मजदुर नेताहरुको भनाई छ । मजदुरको मागका विषयमा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चियाबगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ एकभएर अगाडी बढ्ने नेताहरुको भनाई छ ।

आनदोलनका कार्यक्रमहरु झापा सहित इलाम र धनकुटामा पनि एकैसाथ गर्ने अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर