Aamsanchar

चाडपर्वलाई ध्यानमा राखेर बीएण्डसीद्धारा स्वास्थ्य शिविरको आयोजना

Author Image
बिहिवार, असोज ४, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

झापाको बिर्तामोड रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले चाडपर्वलाई मध्यनजर गर्दै विशेष छुटका साथै ओपिडि सेवा निःशुल्क गर्ने भएको छ ।

असोज ७ गते आइतबारबाट १९ गतेसम्म ओपिडि सेवा निःशुल्क गरिएको छ । त्यस्तै प्याथोलोजिमा १५ प्रतिशत, भिडियो एक्स–रे, सिटि स्क्यान तथा एमआरआईमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको डाक्टर निराजन पराजुलीले जानकारी दिए । बिबिहार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य शिविरको बारे जानकारी गराइएको हो ।

त्यस्तै ल्याप्रोस्कोपिक प्रविधि मार्फत पित्तथैलीको अप्रेसन ३६ हजार रुपैंयामा नै गर्ने हस्पिटलले जनाएको छ । साथै हर्निया, हाईड्रोसिलको अप्रेसन, नाक,कान, घाँटी सम्बन्धि समस्याहरु पनि विशेष छुटमा उपचार गरिने डाक्टर पराजुलीले बताए ।

उनले भने–एक ब्यक्तिले वर्षमा दुई पटक आफ्नो स्वास्थ्यको जाँच गराउनु पर्छ,कुनै समस्या देखिएपछि मात्रै हामी अस्पताल जाने गरेका छौं, यसले हामीलाई जटिल रोगबाट बच्न गाह्रो हुन्छ । त्यसैले स्वस्थ्य भएपनि सबैले एकपटक ओपिडिमा जाँच गराउनुहोस् कुनै समस्या नदेखिएमा ठिकै छ देखिएमा तुरुन्त उपचार गराउन सजिलो हुन्छ ।

चाडपर्वको अवसर पारेर सबैले आफ्नो स्वास्थय जाँच गराउने अवसर पाँउन भनेर स्वास्थ्य शिविरको आयोजना गरेको बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । राजधानी बाहिरकै विश्वस्तरीय उपकरण भएको हस्पिटललाई महँगो भनेर गलत ब्याख्या गर्दै भ्रम छर्ने काम भइरहेको भन्दै प्रसाईले भने–एक पटक हस्पिटलमा आएर बुझ्नुहोस् मान्छेको हल्लाको पछि नलाग्नुहोस् ।

पूर्वका जनतालाई विभिन्न रोगबाट बचाउनकै लागी आफूले अरर्बौ रकम ऋणमा लिएर भएपनि हस्पिटल सञ्चालन गरिरहेको प्रसाईको भनाई छ । अमेरिका, जर्मनी तथा युरोपियन देशहरुमा मात्र प्रयोग भइरहेका उपकरणहरु भित्रियाइएकाले यहाँ साधारण उपकरणले परिक्षण गर्नेहरु अफवाह फैल्याउने काम गरिरहेको प्रसाईको भनाई छ ।

हस्पिटल सञ्चालनमा आएदेखि नै जटिल प्रकारका रोगहरुको सफल उपचार भएको भन्दै बीएण्डसीमा दक्ष चिकित्सक र विश्वस्तरीय उपकरण रहेको कार्यकारी निर्देशक प्रसाईले दाबी गरेका छन् । हाल ८५ जना विभिन्न विशेषज्ञ चिकित्सकहरु कार्यरत रहेको हस्पिटलमा दैनिक ६ सय जना बिरामीले सेवा लिइरहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

मौसम परिर्वतनको यो समयमा बिरामी धेरै हुनेभएको सबैलाई सहज रुपमा उपचारको पहुँच पुगोस् भनेर हस्पिटलले स्वास्थ्य शिविरको आयोजना गरेको बताइएको छ । १३ दिनसम्म विशेष छुटका साथ हुने उपचारमा करिब १० हजार बढीले स्वास्थ्य सेवा लिने हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर