Aamsanchar

जेसीजले गर्यो स्लो मोटरसाइकल रेस

Author Image
बिहिवार, असोज ४, २०७५

जयपुर।

बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहिबार जयपुर चोकमा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ७९ जना सहभागि प्रतियोगितामा बुद्धशान्ति २ का परमेश्वर वोहोरा प्रथम र रुद्र पोखरेल दोस्रो भएका छन् ।

बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीको सभापतित्व, टर्फिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राजकुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।प्रमुख अतिथि वस्नेतले कार्यक्रम चेतना मुलक कार्यक्रम आयोजना गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरेका छने ।

जेसी मनोज कडरिया र जेसी गजुहांग लिम्बुको संयोजकत्वमा भएको कार्यक्रमलाई बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलले स्वागत मन्तव्य राखेका थिए । जेसी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि बस्नेत र विशेष अतिथि टार्फिक प्रहरी पोष्ट बुधबारेका राजकुमार चौधरीलाई जेसीजले मायाको चिनो प्रदान गरेको थियो । बुधबारे जेसीजका उपाध्यक्ष जेसी गोकुल पौड्याल, जेसी हरेन्द्र शंकर लगायतको उपस्थिति रहेको थियो ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर