Aamsanchar

पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु

Author Image
शुक्रवार, असोज ५, २०७५

पाल्पा, 

ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो ।

यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो । उहाँले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोे बताउनुभयो ।

विद्यालयले यस वर्ष बढीमा ४८ विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुन मगरले गाउँमा प्राविधिक धारको शिक्षाको विकासले दक्ष जनशक्ति उत्पादन हुने र गाउँको विकासमा सहयोग पुग्ने समेत बताउनुभयो । उक्त विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी छन् ।

Views: 225

प्रतिक्रिया (०)