Aamsanchar

हतियारसहित एक युवक पक्राउ

Author Image
शुक्रवार, असोज ५, २०७५

घोराही,

पेस्तोलसहित घोराहीबाट प्रहरीले  एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।

आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार बोकी हिडिराखेको प्राप्त सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।

बुढाको साथबाट ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको थियो । बुढामाथि थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोलसहित शनिबार बेलुका घोराही बजारबाटै पक्राउ गरी मुद्दा चलाइसकिएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

Views: 189

प्रतिक्रिया (०)