Aamsanchar

झापामा प्रतिबन्धित पानी छ्याप्छ्प्ती, प्रशासन बेखर

Author Image
शुक्रवार, असोज ५, २०७५

झापा ।

झापाको बिर्तामोडमा खुलेआम रुपमा गुस्तरहिन पानी बिक्री भईरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरको ल्याब परिक्षणमा कोलीफाम भेटिएका र बजारमा बेच्न प्रतिबन्ध गरिएका पानि बिर्तामोडमा खुलेआम बिक्री भइरहे पनि सम्बन्धित निकाय बेखर रहेको छ ।

बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित जिरो अक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भएकाले तत्कालका लागि बेच्न बन्दज गरिएको छ ।

मानव स्वास्थ्यका लागि घातक कोलिफम मिसिएका पानी बजारमा नलैजान र बिक्री वितरण तत्काल रोक लगाउन सामाजिक बिकास मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशनसहितको पत्र पठाएको थियो ।

तर झापामा प्रतिबन्धित रहेका चार पानी उद्योग मध्येका प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर र वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित जिरो अक्वा नाम गरेका पानी बजारमा जतातातै देखिने गरेको छ ।

यी दुई उद्योगका पानि भेटिएका पसलमा तथा होटलसंचालकका अनुसार अहिले पनि दैनिक पानि ल्याइदिने गरेका छन् । व्यवसायी भन्छन् ‘यो पानी खान अयोग्य छ भनेर हामीलाई थाहा पनि थिएन ।’

बिर्तामोडको बीएण्सी अस्पताल अगाडिको एक पसलबाट लाइफ केयर पानी किन्दै गरेका सेवाग्रहिलाई पनि कुन कुन पानीमा प्रतिबन्ध लागाइएको छ थाहारहेनछ । उनि भन्छन् ‘पानी माग्ने हो जुन पसलेले दिन्छन् त्यहि खाने हो ।’ यसरी प्रतिबन्धित पानी बाजारमा छ्याप्छ्प्ती बिक्रीबितरण भईरहे पनि जिल्लाप्रशासन कार्यालय, स्थानिय सरकार कसैले पनि बजार अनुगमन गरेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर