Aamsanchar

मुनामदन एकाडेमी क्वाटर फाइनलमा प्रवेश

Author Image
शुक्रवार, असोज ५, २०७५

शान्तिनगर ।

मुनामदन एकाडेमी बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

बिहिबार भएको खेलमा नवज्योती युवा क्लब जयपुरलाई ट्राईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय १÷१ गोलको बराबरी खेलेपछि खेल निर्णय ट्राईब्रेकरबाट लिईएको हो । मुनामदनको तर्फबाट पारस लिम्बु, जेनल राई, आर के लिम्बु र सुरज क्षेत्रीले गोल गरे भने नवज्योतीको तर्फबाट बबिन बोहोरा, अजय दनुवारको प्रहार गोलमा परिणत भएको भयो भने योगेस क्षेत्री र डम्बर चौधरीले गोल गर्न सकेनन् ।

खेलको पहिलो हाफको दोस्रो मिनेटमा नवज्यातीको तर्फबाट आशिष राजबंशीले गोल गर्दै अग्रता दिलाएको थिए । तर सो अग्रता धेरै समय टिक्न सकेन् । मुनामदनको तर्फबाट खेलको सातौ मिनेटमा पारस लिम्बुले गोल पोष्टको दक्षिणबाट प्रहार गरेको गोल लागेपछि खेल १÷१ गोलको स्थितीमा पुगेको थियो ।

असोज ३ गते देखि २० गतेसम्म हुने खेलमा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता रहेको छ । पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

यसका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र प्रोत्साहन गर्ने हेतुले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सचिब शष्ट कुमार राईले जानकारी दिए । शुक्रबार (आज) को खेल स्यालडाँगी युथ क्लब बिर्तामोड र आदर्श युवा क्लब बुधबारेवीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बुधबारको उद्घाटन खेलमा आयोजक धारागोलाले इलामको पहरीगाउँ स्पोटिङ क्लबलाई २÷० गोल अन्तरले पराजित गर्दे क्वाटरफाईनलमा प्रबेश गरिसकेको छ ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रथम पुरस्कार बुद्धशान्ति–४ मा रहेको मुनामदन एकाडेमीले प्रायोजन गर्ने र दोस्रो पुरस्कार नमुना सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्ति–७ र रोङ्ग–४ ले प्रायोजन गर्ने आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)