Aamsanchar

कर्नी र तगारीको नारालाई सार्थकता दिनुपर्ने प्रमुख राना

Author Image
शुक्रवार, असोज ५, २०७५

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले क्रियाशिल दक्ष निर्माण व्यवसायी मजदुरलाई स्थानीय उपभोक्ता समितिमा उपयोग गरी नगर क्षेत्रको काममा एकरुपता ल्याउने बताएका छन् ।

अर्जुनधारा नगरमा संक्रीय निर्माण व्यवसायी मजदुर सँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख रानाले उक्त कुरा बताएका हुन् । नगरपालिकाका प्रमुख रानाले भनेर्– कार्यपालिकाको बैठकको निर्णय अनुसार निर्माण व्यवसायीलाई उत्प्रेरणा भर्दे काम गर्ने वातावरण तयार गरिने छ, आफ्नो सीप र क्षमतालाई अत्याधिक प्रयोग गर्ने मजदुरलाई उनले आग्रह समेत गरे ।’

कर्नी चलाउन नजान्ने र तगारी बोक्न लजाउने व्यक्ति उपभोक्ता समितिमा बस्न नमिल्ने नारालाई सार्थकता तर्फ अघि बढ्नु पर्ने बेला आएको भनाई उनको छ । गाँस, बास र रोजगारीको जिम्मेवारी राज्यको भएको बताउँदै रानाले भने– नागरिकले हक,हित, इज्जत र अधिकार प्राप्त गरी सफलता प्राप्त गरी सकेका छन् । त्यसैले सम्पति तर्फ केन्द्रित नभई आउने पुस्थालाई संस्कार सिकाउर्दै आफनु कर्तव्य र उत्तरदायित्व शिरमा राखेर समयमा काम गर्नुपर्ने बताए ।

नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले आफूले डिजाइन गरेपछि भौतिक पूर्वाधारको काम फिल्डमा कार्यान्वन गर्ने मजदुर भएकाले नगरपालिकाको सपना निर्माण व्यवसायीसँग जोडिएको बताए । निर्माण व्यवसायी तालिम प्राप्त र स्थानीय हुनुपर्नेमा उनले जोड दिए ।

क्युवेक नेपालका झापा जिल्ला सचिव निरान्द गिरीले भूकम्प प्रतिरोधात्मक भौतिक पूर्वाधार निर्माण गर्नेका लागि नगरपालिकाले तालिम प्रदान गरिदिन माग राखेँ । भारतीय नागरिकहरुले नगर क्षेत्रमा श्रम गर्दा स्थानीय मजदुरहरु मार्रमा परेको बताए ।

क्युवेक नेता देवराज राईले राज्यको श्रम ऐनले तोकेको व्यवस्था स्थानीय सरकारले अबलम्मन गर्दै दक्षताको आधारमा श्रमिकलाई तालिम प्रदान गर्नुपर्ने जोड दिए । श्रमिक दक्ष हुँदा भौतिक पूर्वाधारको संमरचना बलियो हुने भनाई उनको थियो ।

मजदुर नेता ऐतराज नेम्वा¨ले संगठनको सूचिकृतको व्यवस्था छिटो गर्ने आग्रह गरेँ । दक्ष मजदुरलाई सरकारी भवन, पुल र कल्भर्ट निर्माण हुँदा नगरपालिकाले स्थानीय मजदुरलाई पहिलो प्राथमिकता दिनुपर्ने नेम्वा¨ले माग राखेँ । अर्जुनधारा–८ का पूर्वाधार व्यवस्थापन समितिका संयोजक सेवन्त ढकालले विदेशी श्रमिक आएर काम गर्ने प्रचलन पुरानो भएकाले उनीहरुको लेबी काट्नुपर्ने धारणा राखेँ । नगरपालिकाका प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काउन, क्युवेक सहित वडाका जनप्रतिनिधि समेत कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यक्रमको संचालन बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले गरेका थिए ।

Views: 210

प्रतिक्रिया (०)