Aamsanchar

जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

Author Image
शनिवार, असोज ६, २०७५

सुनसरी।

सुनसरीको ईटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजकी श्रीमती बर्ष ५२ की मनकुमारी राईसहित छोरा, बुहारी, नाती–नातिनी लगायत १२ जना बिरामी परेका हुन् ।

बिरामी सबैलाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Views: 196

प्रतिक्रिया (०)