Aamsanchar

मृत घोषणा गरिएका बालक जिवितै भेटिएपछि अस्पताल तनावग्रस्त

Author Image
शनिवार, असोज ६, २०७५

राजविराज ।

शनिबार राति अस्पतालले मृत घोषणा गरेका बालक शुक्रबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तनावग्रस्त बनेको छ ।

रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोके पछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए।

आफन्तले शनिबार बिहान ‘शव’ हेर्न दिनुपर्ने माग गरे पनि अस्पतालले हेर्न दिएको थिएन। आक्रोशित आफन्तहरुले दिउँसो १स्३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेको हो।

अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ। आफन्तहरुले संलग्न चिकित्सकलाई कारवाही माग गर्दै शव गृह र आकस्मिक कक्षमा तोडफोड गरेका छन्। सयौंको संख्यामा आफन्त र स्थानीयले अस्पताल घेराउ गरेका छन् । साभार– कान्तिपुर डटकम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर