Aamsanchar

तङ्ग–इल मो–दो खेलका खेलाडीलाई सम्मान

Author Image
शनिवार, असोज ६, २०७५

झापा ।

तङ्ग–इल मो–दो खेलप्रति विद्यार्थीको रुची बढेसंगै तङ्ग–इल मो–दो संघ झापाले शनिवार एक समारोहको आयोजना गर्दै खेलाडीलाई वेल्ड प्रमोशन गरेको छ ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यमा खेलाडीलाई वेल्ड प्रमोशन गरिएको थियो । सोही समारोहका बीच राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदै स्वर्णसहित कास्य र रजत पदक दिलाउने खेलाडीलाई सम्मान गरिएको थियो ।

खेलकुद क्षेत्रको विकासका लागि उल्लेख्य कार्य गरेको भन्दै जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष थापालाई समेत तङ्ग–इल मो–दो संघ झापाले सम्मान गरेको छ । उनलाई संघका अध्यक्ष राजेन्द्र पन्तले सम्मान पत्र प्रदान गरेका थिए ।

विर्तामोडस्थित एफ्सुलट फुटसलको परिसरमा भएको समारोहमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइराला, तङ्ग–इल मो–दो संघका प्रदेश नम्वर १ का स.योजक नवराज दाहाल लगायतले खेल क्षेत्रको विकासका लागि राज्यले समेत ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले खेल क्षेत्रको माध्यमबाट खेलाडीले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तङ्ग–इल मो–दो का अन्तराष्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठले खेलको विषयमा जानकारी गराएको कार्यक्रममा स्वागत रामकुमार लिम्बूले गरेका थिए भने संचालन युपीएफका एम्वास्टर नवीन दंगालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)