Aamsanchar

इलामका १४५ विद्यार्थीलाई वीरता जेसीज र काठमाडौं जेसीजको सहयोग

Author Image
सोमवार, असोज ८, २०७५

रोङका ३०० जनाको आँखा र शारीरिक स्वास्थ्य निःशुल्क जाँच

इलाम।

झापाको बिर्तामोडस्थित वीरता जेसीज र काठमाडौं जेसीजले इलामको रोङ गाउँपालिका वडा नं. ६स्थित मोतीराम माविका एक सय ४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा व्याग सहयोग प्रदान गरेका छन् ।

साथै जेसीजको सहयोगमा विद्यार्थीसहित स्थानीयवासी तीन सय जनाको निःशुल्क रुपमा आँखा तथा शारीरिक स्वास्थ्य परीक्षण गरिएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रकाश अधिकारीले गरेका थिए । आर्थिक रुपमा विपन्न त्यहाँ अध्ययनरत् सबै १४५ जना विद्यार्थीलाई अति आवश्यक विद्यालय पोशाक र व्याग प्रदान गरिएको हो ।

वीरता जेसीज र काठमाडौं जेसीजबीच यसै बर्ष भगिनी सम्बन्ध स्थापनाको सम्झौता पछि पहिलो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पोशाक र व्याग तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा विद्यार्थीको आँखा जाँच गरिएको थियो । अस्पतालका होमप्रसाद धिताल नेतृत्वको टिमले विद्यार्थीको आँखा जाँच गरेको थियो ।


त्यस्तै मेची अञ्चल अस्पतालको प्राविधिक सहयोगमा त्यहाँका चिकित्सक वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलसहितको टोलीले स्थानीयको शारीरिक स्वास्थ्य जाँचमा सहयोग पु¥याएको थियो । बुधवारेस्थित महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका डा. भुवन थापासहितको टिमले निःशुल्क स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको थियो ।

दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पु¥याउन गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँचका लागि वीरता जेसीज र काठमाडौं जेसीजले उक्त कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।


कार्यक्रमका सहभागी तथा अतिथिहरुले जेसीज र अन्य सामाजिक संस्थाले दुर्गम क्षेत्र र विपन्नहरुका लागि यस्ता कार्यक्रम ल्याउने हो भने समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताए । प्रमुख अतिथि नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष अधिकारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रवीन पोखरेल, नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष तथा जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेत, पूर्वअध्यक्ष समाजका उपाध्यक्ष रमेश पोखरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल लगायतले मनतव्य राखेका थिए । रोङ ६का वडाध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले विद्यालयको विगतको दयनीय अवस्थाबाट सुधारका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।


रोङ गाउँपालिका ६ नं. वडा कार्यालय र मोतीराम माविको संयोजनमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जीवनकुमार खड्काले, आस्था वाचन काठमाडौं जेसीजका महासचिव कैलाश श्रेष्ठले र जेसीआई मिसन भिजन वीरता जेसीजका कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले वाचन गरेका थिए । कार्यक्रममा उक्त विद्यालयका अध्यक्ष डम्बर राई, प्रधानाध्यापक हर्कलाल गिरी लगायतले समेत मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा प्राविधिक सहयोग पु¥याउने अस्पताल तथा चिकित्सक सहितको टोलीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे बिनोदले सञ्चालन गरेको कार्यक्रममा काठमाडौं जेसीज, झापाका जेसीजका विभिन्न शाखा, अन्य संघ–संस्था लगायत क्षेत्रबाट उल्लेख्य सहभागिता थियो ।


वीरता जेसीज र काठमाडौं जेसीजबीच सन् २०१८को अप्रिल १मा चितवनको सौराहामा भगिनी सम्बन्ध स्थापना बारे सम्झौता भएको थियो । अब यो सम्बन्धलाई हरेक बर्ष नवीकरणसँगै समाजमा विशिष्ठ योगदान पु¥याउने कार्यक्रमलाई नियमित अघि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर