Aamsanchar

कालिस्थान क्वाटर फाइनलमा

Author Image
सोमवार, असोज ८, २०७५

शान्तिनगर,

मनास्लु क्लब कालिस्थान झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । आईतबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा दिपेन्द्र शिखर फुटबल क्लब हर्कटे इलामलाई १—० गोल अन्तरले पराजित गर्दै कालिस्थानले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

दुबै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । हर्कटेले पहिलो हाफमा कालिस्थानलाई दबाबमा राखेपनि खेलको इन्जुरी समयमा कालिस्थानका सुवास तामाङ्गले निर्णायक गोल गरेका थिए । १—० ले पछि परेको हर्कटेका खेलाडी सचिन यल्मुले म्याच रेफ्रिप्रति अपशब्द बोलेपछि रेडकार्ड पाएपछि हर्कटे आठ खेलाडीमा सिमित भयो । त्यसपछि हर्कटे खेलमा फर्कन सकेन् र १—० ले खेल सुम्पिन बाध्य भयो ।

आईतबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका सुवास तामाङ्ग घोषित भए । उनलाई आयोजक समितिका सचिब राजकुमार लावतीले नगद पुरस्कार प्रदान गरे । सोमबार (आज) को खेल चारआली युवा क्लब र शनिश्चरे युवा क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर