Aamsanchar

खुदुनाबारी गोल्डकप २० गतेबाट सुरु हुने तयारी पूरा

Author Image
सोमवार, असोज ८, २०७५

खुदुनाबारी / सागर गौतम ।

झापाको खुदुनाबारी क्षेत्रमा खेलकुदको विकास विस्तार सहित खेल मैदानको स्तरोन्नती गर्ने उद्धेश्यले अर्जुनधारा नगरपालिका–३ स्थित च्यारिटी यूथ क्लबले प्रस्तावित प्राकृतिक रंगशाला पुरानो कैदले मैदानमा दोस्रो खुदुनाबारी गोल्डकप २०७५ सम्पूर्ण तयारी पूरा गरेको छ ।

आगामी असोज २० गते देखि २७ गते सम्म आयोजना हुने प्रतियोगिता संञ्चालन गर्न ५१ सदस्य आयोजक कमिटी गठन गरी विभिन्न जिम्मेवारी बाडफाँड गरिएको क्लबका अध्यक्ष दिपक दुलालले बताए । गोल्डकप संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको दुलालले बताए ।

क्लबले स्थानीय बृद्धिजिवी, सामाजिक व्यक्तिहरु सँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । आर्थिक परिचालन समितिको सदस्यमा क्रमश भोला बराल, याम मगर, धरणीधर खतिवडा चयन भएका छन् ।

सीवाईसी खुदुनाबारी, रेड हर्स क्लब इलाम, चर्च ब्वाईज काठमाण्डौं, रेड स्टार क्लब बिर्तामोड, मुनाल क्लब चन्द्रगढी, न्यु स्टार क्लब खोपवाडी, सैनिक युथ क्लब र बीबीएफसी दमक खुदुनाबारी गोल्ड कपमा सहभागिता जनाउने सम्झौता भइसकेको क्लबका खेल संयोजक सुवास राईले बताए ।

अर्जुनधारा नगरपालिका वार्ड.नम्बर–३ का वडा अध्यक्ष जिवन कुमार भण्डारी, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य प्रसाद कट्टेल, वडा सदस्य होम दुलाल, निर्मला घिमिरे, सामाजिक अगुवा व्यक्तित्व अर्जुन समाल मगर, भोला बराल, बम बहादुर कार्की, हेम बहादुर कार्की, होम लगुन सहित खेलकुद क्षेत्रमा चासो व्यक्तिहरुले अन्तरक्रिया कार्यक्रममा गोल्ड कप सफल पार्नेका लागि आ–आफ्नो धारणा राखेका थिए ।

गत बर्ष खुदुनाबारी स्थित जनता मा.वि. खेल मैदानमा खुदुनाबारी गोल्ड कप २०७४ पहिलो संस्करण आयोजना गरेको थियो । क्लबले उक्त प्रतियोगिता सफल भए पछि दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख रुपैयाँ १ सय ११ र उपबिजेताले ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सक्ने क्लबका सचिव युवराज चापागाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)