बिर्तामोड ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।

संस्थामा गरिएको शेयर लगानीको आधारमा एक लाख ५० हजार रुपैयाँको दूर्घटना बीमाको सुविधा प्रदान गर्ने, कर्जा लिएको सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ मिनाहा गरिदिने, सतासी डिपार्टमेन्टमा सामान किन्दा २ प्रतिशत छुट दिने लगायतको अध्यक्षको प्रस्ताव पारित भएको हो ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ३ हजार ७३० जना सदस्यबाट दुई करोड ७८ लाख ८२ हजार रुपैयाँ शेयर पूँजी रहेको बताए । अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षमा शेयर पूँजी वृद्धि गरी ३ करोड ५० लाख रुपैयाँ पु¥याउने बताए । संस्थाले गत आर्थिक वर्षमा २६ करोड १९ लाख ६४ हजार रुपैयाँ ऋण लगानी गरेकोमा चालू वर्ष ३६ करोड १४ लाख पु¥याउने उल्लेख गरे ।

संस्थाले चालू वर्षमा आफ्ना सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट आठ लाख २३ हजार रुपैयाँ फिर्ता गरिएको तथा सदस्य राहत वापत ६५ हजार रुपैयाँ प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सञ्चालन गरेको सुपथ मूल्यको सहकारी पसल सतासी डिपार्टमेन्ट स्टोर काठमाडौं उपत्यकाभन्दा बाहिर सहकारीले सञ्चालन गरेको उत्कृष्ट पसल भएको दावी पनि गरिएको छ । संस्थाले आफ्ना सदस्यहरुका लागि उक्त पसलमा सामग्री खरिद गर्दा २ प्रतिशत छुट प्रदान गर्ने व्यवस्थाले कारोबारमा वृद्धि हुने संस्थाले अपेक्षा राखेको जनाइएको छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले गरेका थिए । राष्ट्रिय सहकारी बैंक विश्वको सहकारी अभियानमा नै नमूना भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नेपालमा ६५० अर्बको वार्षिक कारोबार गरिरहेको बैंकले सहकारीको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेको बताए ।
साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघ लेखा समितिका संयोजक भलाकाजी कठेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिएस प्रधानले आफ्ना धाराणा राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोष कुमार श्रेष्ठले गरेका थिए ।

