Aamsanchar

नेकपा सांसदको उग्र रूपः बैठकमै दाह्रा किटेर जाइलागे (भिडियो)

Author Image
सोमवार, असोज ८, २०७५

काठमाडौं ।

आइतबारको संसद बैठकमा एकजना नेकपा सांसदको उग्र शैलीको भाषण साँच्चिकै हेर्न लायक थियो । दाह्रा किटेर उनी प्रतिपक्षी नेपाली कांग्रेसमाथि जाइ लागे ।

उनले अरिङ्गाल जस्तो भएरै विपक्षीमाथि जाइ लाग्ने चेतावनी वारम्बार दिए ।ती सांसद हुन् नेकपाका रामनारायण विडारी । उनले नेकपा अरिङ्गाल हो भन्दै कांग्रेसलाई भेँडो पार्टी भनिदिए विडारीले कांग्रेस पार्टीको नाम त लिएनन्, तर प्रष्टै संकेत गर्दै त्यो पार्टीलाई भेँडाको संज्ञा दिए ।

उनले भने ‘भेँडो भन्ने पशु हुन्छ नि, त्यस्तो पार्टी हाम्रो हैन, हामी अरिङ्गाल जस्ता हौं, माहुरी जस्ता हौं ।’ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई अरिङ्गाल बनेर विरोधीमाथि जाइ लाग्न निर्देशन दिएको असर संसदमा देखिएको छ ।

केही दिनको अन्तरमा ओलीले पहिले अरिङ्गाल बन्न निर्देशन दिए भने पछि माहुरी बन्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।माहुरी बन्न निर्देशन दिएको एकदिन पछि आइतबारको राष्ट्रिय सभा बैठकमा एकजना नेकपा सांसदले अरिङ्गाल रूप धारण गर्ने भन्दै आक्रामक शैली देखाए ।

नेकपा सांसद रामनारायण विडारीले अरिङ्गाललाई नजिस्क्याउन र गोलामा ढुंगा नहान्न प्रतिपक्षी दललाई चेतावनी दिए र भने ‘आइलाग्ने माथि अरिङ्गाल भएर हामी जाइ लाग्नेछौं ।’यो हदसम्मको आक्रामक शैलीमा सायदै अरू कोही सांसद यसरी बैठकमा प्रस्तुत भएको थियो । हेर्नुस् उनको यो आक्रामक अभिव्यक्तिः

https://www.youtube.com/watch?v=z-Izch_hfpM

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर