

बिर्तामोड,असोज ९ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ ।

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको छ । यस वर्षपनि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई पराशर्म दिने उद्देश्यले सेमिनरको आयोजना गरेको मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोडका व्यवस्थापक कृष्ण खतिवडाले एक्सपर्टले गर्न लागेको शैक्षिक मेलाका विषयमा जानकारी गराएका थिए । उनले अस्ट्रेलियाका विभिन्न युनिर्भसिटीबाट प्रतिनिधित्व गर्दै युनिर्भसिटीले प्रदान गर्ने सेवाका विषयमा जानकारी दिन प्रोफेसरहरुको समेत सहभागीता रहने बताइएको छ । सिड्नी,व्रिसवेन, मेलवर्न, एडेलिइड, गोल्डववेष्टमा एक्सपर्टका कार्यलय स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा यसको कार्यालय रहेको बताउँदै त्यसका विभिन्न विद्यालय र युनिर्भसिटीको वारेमा सेमिनारमा जानकारी गराइने एक्सपर्टका परामर्शदाता अभिचन्द्र प्रसाइले जानकारी गराए । एक्सपर्टले आयोजना गर्न लागेको सेमिनार झापामा हाल सम्म भएका सेमिनार भन्दा वृहत हुने बताईएको छ ।


