काठमाडौं,
सामाजिक सन्जाल फेसबुकले युवा पुस्तालाई मात्र होइन, वृद्ध पुस्तालाई पनि खराब लतमा फसाएको छ ।
प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण थुप्रै फसेका छन्, विवादमा परेका छन् । यसैक्रममा नेपाल प्रहरीका एक पूर्वडिएसपी पनि अहिले फेसबुककै कारण ठूलो समस्यामा फसेका छन् ।
यस्तैक्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गर्न भ्याए । तब बुहारी आश्चार्यमा परिन् । अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । बुहारी झन् चकित हुँदै गइन् । पछि त च्याटमै उनले अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भइन् । र, प्रहरीमा गुनासो लिएर पुगिन् ।
काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगेको प्रहरीले बताएको छ । तब महाशाखाले उनलाई फोन गर्यो । अनि त उनी भूपू डिएसपी भएको पत्ता लाग्यो ।
त्यसपछि नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याइयो । गत शुक्रबार उनलाई महाशाखाले बोलाएर बुहारीलाई पठाएको म्यासेज देखायो । दृष्टि साप्ताहिकमा खबर रहेकाे छ ।