Aamsanchar

बलात्कारको आरोपमा दुलाहा पक्राउ

Author Image
बुधवार, असोज १०, २०७५

दोलखा,

विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन्।

१६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेको खबर कान्तिपुर दैनिकमा छ।  बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो।

कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेका हुन्। कक्षा १२ मा अध्ययनरत ती युवतीले आफू कक्षा सात पढ्दा देखि नै उक्त युवाले बिहेको आश्वासन दिएर बलात्कार गर्दै आएको आरोप लगाएको प्रहरी नायब उपरिक्षक वासुदेव पाठकले बताए।

Views: 124

प्रतिक्रिया (०)