

फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ ।


प्रहरीले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका बेला स्थानीय वासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।
साभार : अनलाईन खवर
Views: 295

