Aamsanchar

मदिरा कार्डले ल्यायो गाउँमा शान्ति

Author Image
शुक्रवार, असोज १२, २०७५

बाजुरा,

गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो।

गाउँपालिकाले बनाएको ‘मदिरा सेवन  परिचयपत्र’लाई सेयर गर्दै सामाजिक सञ्जालमा खिल्ली उडाइयो। राजधानी दैनिकमा समाचार छ, तर गाउँपालिकाको यो कदमले स्थानीय स्तरमा छोटो समयमै प्रशंसा पाउन थालेको छ।

मदिरा सेवन परिचयपत्र लागू गरेपछि गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नेको संख्या उल्लेख्य रूपमा कमी आएको छ। ‘गाउँमा जति पनि झैझगडा र कुटपिटका घटना हुन्थे, न्यायिक समितिमा आउने हरेक मुद्दाका पछाडि मदिरा जोडिन्थ्यो’, गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीता थापाले भनिन्, ‘परिचय वितरणपछि न्यायिक समितिमा आउने मुद्दाका संख्या ह्वात्तै घटेको छ।’

गाउँपालिकाका अध्यक्ष हरि रोकायले आफूहरूको यो कदमलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य भए पनि समाजमा भने राम्रो असर पारेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर