खुदुनाबारी/ सागर गौतम,

अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दिगो विकासका लागि एकिकृत रुपमा कार्यक्रम संचालन गर्ने उदेश्यले नगर प्रमुख हरि कुमार रानाले सल्लाह, सुझाव लिएका छन् ।

प्राकृतिक रुपमा वातावरणीय नगर बनाउने लक्ष्यले नगरपालिकाले सामुदायिक वनका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधि सँग प्रमुख रानाले सल्लाह, सुझाव लिएका हुन् ।छलफलको सुरुवातमा नगर प्रमुख हरि कुमार रानाले आगामी दिनमा प्राकृतिक श्रोतको न्यायोचित वितरण गरी नियमन गरिने धारणा राखेँ ।
प्रमुख रानाले सामुदायिक वनको केही प्रतिशत छुट्याई पशु विकास, कृषि र शिक्षाका लागि समेत कार्यक्रम तय गर्ने आग्रह गरेँ । त्यसमा वनले गर्ने सक्ने विकासको काममा नगरसगँ साझेदारी गरी अघि बढ्न आग्रह गरे । साझेदारी विकासका काम योजनाबद्ध तरिकाले शिर्षकमा लिपिबद्ध बनाएर अगाडि बढ्न सुझाव दिए ।

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सामुदायिक वनको आफ्नो क्षेत्रमा छुट्टै उपभोक्ता समिति गठन गरी वृक्षारोपण सहित नयाँ सडक, नदी किनारमा खाली क्षेत्रमा वृक्षारोपण गरी हराभरा बनाउनु पर्नेमा जोड दिए ।
कृषि विकास अधिकृत शालिकराम भट्टराईले पात पतिङ्गरले पाङ्गरिक मल उत्पादन गरी आम्दानी श्रोत जुटाउन सक्ने धारणा राखेँ । खानेपानी महासंघ झापा जिल्ला अध्यक्ष योगेन्द्र आचार्यले उपभोक्तालाई वितरण गर्ने व्यवस्थापन मोडेल तयार गरी केही जमिन लिई साझेदारी कार्यक्रम अन्तर्गत बोटविरुवा उत्पादन गर्दै नगर क्षेत्रलाई हरियाली बनाउन सकिने बताए ।
साविक अर्जुनधारा गाविसका पूर्व अध्यक्ष कुन्दन भट्टराईले कुन प्रकृतिका बोटविरुवा उत्पादन गर्दा बढि लाभ हुन्छ त्यसको योजना स्पष्ट्र बनाउनु पर्ने बताए । अर्जुनधारा नेकपा अध्यक्ष दिपेन्द्र लम्सालले छलफल राम्रो ढङ्गले उठेको हुनाले कार्यान्वयन गर्ने ढिलो गर्नु नहुने बताए । नेपाली काग्रेसका नगर सचिव मुक्तिनाथ सुवेदीले सामुदायिक वन भन्दा बाहिर रहेका नागरिक शुन्य अवस्थामा बस्नु पर्ने भएकाले उत्साह थप्ने कार्यक्रम तय गर्ने सुझाव दिए ।
वन महासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट्टेलले अर्जुनधारा नगरपालिकाले पछिल्लो दिनमा सराहनीय काम भएको बताउँदै प्रशंशा गरेँ । स्थानीय सरकारसँग विकासका पूर्वाधारको क्षेत्रमा वनको आम्दानीको निश्चित प्रतिशत लगानी गरेर सँगसँगै जान सकिने धारणा व्यक्त गरे । उनले भने साझेदारी गर्ने कार्यक्रममा ऐन,निती कार्यक्रममा सरलीकृत बनाउन कट्टेलले आग्रह गरे ।
त्यस्तै, नेकपाका नेता मित्र खतिवडाले प्राकृतिक श्रोत साझा भएको बताउँदै नगर भित्रका सामुदायिक वनको काठ,दाउरा वडा–६ र ८ का नागरिकको पँहुच पु¥याउन नगर सरकारले ध्यान दिनुपर्ने माग राखेँ ।
त्यस्तै हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङले प्राकृतिक श्रोत, सम्पदा सबैले उपभोग गर्न पाउनुपर्ने कुरा मतान्तर नभएको बताउँदै आपूर्ति शिर्षकको काठ सही तरिकाले सदुउपयोग हुन् नसकेको धारणा राखेँ ।
त्यस्तै हचुमासा सामुदायिक वनका अध्यक्ष धुव्र लुहार युवराज) ले नगर स्तरीय महासंघले साझेदारी कार्यक्रमको योजना बनाउने बताए । १ वर्ष भित्रमा सामुदायिक वनको उपभोक्ता क्षेत्र उज्यालो टोल बनाउने बताए ।
त्यस्तै शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी प्रसाद खतिवडाले नगर सरकारले संघ र प्रदेश सरकार सँग नीतिगत सहमति ल्याए सबैले काठ, दाउरा पाउने वातारण मिल्ने बताए । बरिष्ठ अधिकृत हिमराज सेडाईले मोडालिटी ७ दिनभित्रमा स्थानीय वन महासंघले खाका बनाई नगरपालिकामा पेश हुने त्यसपछि ठोस ढङ्गले कार्यक्रम तय हुने जानकारी दिए ।
नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडा –४ का अध्यक्ष दुर्गा प्रसाद दाहाल, वडा–७ का अध्यक्ष नवीन ढुङ्गाना, वडा–८ का अध्यक्ष गोपिचन्द्र गौतम, दहिझोडा सामुदायिक वनका अध्यक्ष खगेन्द्र तामाङ, शान्ति सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, संघीय फोरमका नेता सिर्जलाल चौधरी, दाहालटार सामुदायिक वनका अध्यक्ष डि.बी. राईले आ–आफ्नो धारणा राखेँका थिए ।

