Aamsanchar

हिंसा न्यूनीकरणमा विद्यालयसम्म एविसी

Author Image
शुक्रवार, असोज १२, २०७५

खुदुनाबारी,

एविसी नेपाल झापाले महिला हिंसा न्यूनिकरणका लागि झापाका सामुदायिक विद्यालयमा जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ । ‘संघीयताको महत्वपूर्ण सार मानव–बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबदार’ भन्ने मुल नाराका साथ अर्जुनधारा नगरपालिका अरुणेदय आधारभुत विद्यालयबाट कार्यक्रम सुरु गरेको छ ।

विद्यालयमा स्तरमाबाट नै समाजमा जनचेता फैलाउने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले बताइन् । पछिल्लो समय झापाको अर्जुनधारामा अत्याधिक मात्रमा यस महिला हिंसा बढेका कारण यस प्रकारको कार्यक्रम आयोजना गरेको सिटौलाले जनाइन् । उनले भनिन्, ‘ एविसी नेपाल महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भएकाले हामीले यस प्रकारको कार्यक्रम गरेका हौँ, हाम्रो अभियान जिल्ला भर रहने छ ।’

कार्यक्रमको उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाले हिजो समाजमा लुकेर बस्ने हिंसा आज बाहिर आउने गरेका कारण हिंसाको उजागर सुरु हुन थालेको बताएका छन् । अर्जुनधारामा अत्याधिक मात्रमा हिंसा बढेका कारण नगरपालिकाले न्यूनीकरणका लागि कार्यक्रम बनाएर अघि बढेको जनाए । पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा नेपाली चेली बेचिनु परेको बताउँदै यसको अन्त्यका लागि सबै जना लागि पर्नु पर्ने प्रमुख राना जनाए ।

कार्यक्रममा अरुणेदय माविका प्रध्यानाध्यापक श्याम थापा मगर, उद्योग वाणिज्य संघ अर्जुनधाराका सचिव चर्तुजभूज काफ्ले, अर्जुनधारा जेसिजका अध्यक्ष अजय देव, परिवार नियोजन संघ झापाका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, विर्ता लेडी जेसिजकी अध्यक्ष नम्रता ढकाल, पत्रकार मनिषा चम्लगाईँ, सागर गौतम, जनप्रतिनिधि सन्तोष नेम्बाङ लगायतले हिसां न्यूनीकरण गर्न मानिसको मनस्थित नै परिवर्तन गर्न आवश्यक रहेको बताए ।

संस्थाकी सचिव देवी निरौलाले सञ्चालन गरेको कार्यक्रमको प्रशिक्षण अधिवक्ता लक्ष्मी खनालले गर्ने सामाजिक अभियान्ता संगीता रौनियरले बताइन् ।

Views: 230

प्रतिक्रिया (०)