Aamsanchar

किसानलाई अनुदान रकम वितरण

Author Image
शुक्रवार, असोज १२, २०७५

उर्लाबारी, 

मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ ।

आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख रवीन राईले अनुदान रकम प्रदान गर्नुभएको हो ।

रतुवामाई नगरपालिकाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले उहाँहरुलाई प्रोत्साहन गरी अझ व्यावसायिक बनाउन अनुदान रकम वितरण गरेको नगर प्रमुख राईले बताउनुभयो ।

उहाँले उत्कृष्ट किसानलाई आगामी वर्षदेखि थप अनुदान प्रदान गर्ने बताउनुभयो । नगरपालिकाले नगरभित्र रहेका १०० जना अगुवा किसानलाई तरकारीको बीऊ पनि वितरण गरेको छ ।

Views: 246

प्रतिक्रिया (०)