Aamsanchar

प्राविधिक हिसावले उत्कृष्ठ अधिवेशन गर्ने तयारीमा साउण्ड सिस्टम व्यवसायी संघ

Author Image
शुक्रवार, असोज १२, २०७५


चारपाने, असोज १२ । आर्थिक विकास र व्यवसायीक समृद्धिका लागि हाम्रो एकता भन्ने नाराका साथ साउण्ड सिस्टम व्यवसायी संघ मेची–कोशीले यही असोज १५ गते सोमबार विर्तामोडमा तेस्रो अधिवेशन गर्ने भएको छ ।

शुक्रबार विर्तामोडमा आयोजित पत्रकार भेटघाटको क्रममा अधिवेशन गर्ने जानकारी दिईएको हो । २०७० सालमा झापा जिल्ला प्रशाशन कार्यलयमा दर्ता गरि संगठित हुन सुरुगरेको साउण्ड सिस्टम व्यवसायी संघमा हाल तिनसय  व्यवसायी आवद्ध रहेका छन । एक हजार भन्दा वढीले रोजगारी पाईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसै अधिवेशन पछि आवद्ध र आवद्ध हुन बाकी रहेका व्यवसायीलाई आवद्ध गराएर सबैलाई करको दायरामा आवद्ध गराई सरकारलाई सहयोग पुर्याउने र कुनै पनी कार्यक्रममा अंग्रेजी, हिन्दी र प्यारोडी भजनलाई प्रार्थमिकतामा नराख्ने र नेपाली मातृ, राष्ट्रिय भाषाका लोकभाका आधुनिक गित बजाएर नेपाली भाषा संस्कृतिको जर्गेना गर्ने तर्फ  संघ अग्रसर रहने अध्यक्ष डिके लामाले बताए ।

मेची कोशीलाई मात्र समेटेर संगठित भएको संघलाई राष्ट्रिय स्तरको केन्द्रिय महासंघ बनाउने योजना सहित संघ अघिबढीरहेको बताईएको छ । पहिलो विराटनगर, दोस्रो दुधेमा अधिवेशन सफलता पूर्वक सम्पन्न गरिसकेको संघले विर्तामोडमा हुने तेस्रो अधिवेशलाई विभिद विषयले फरक र हाल सम्म पूर्वमा भएका विभिन्न संस्थाको अधिवेशन भन्दा साउण्ड सिस्टम व्यवसायी संघको अधिवेशन व्यवस्थापकिय र प्राविधिकिय हिसावले फरक र उत्कृष्ठ बनाईने सम्मेलन संयोजक नेशनल साउण्ड विर्तामोडका संचालक समेत रहेका विनोद कठेतले बताएका छन ।

Views: 206

प्रतिक्रिया (०)