Aamsanchar

अस्ट्रेलियाका ११ वटा कलेजका प्रतिनिधीले एकै पटक विर्तामोडमा दिए शैक्षिक परामर्श

Author Image
शुक्रवार, असोज १२, २०७५

 उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न गरेको छ ।
बिहीबार बिर्तामोडमा भएको सेमिनारमा अस्ट्रेलियाका ११ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीलाई अस्ट्रेलियाका कलेज तथा युनिभर्सिटी, त्यहाँ पढाइ हुने विषय, त्यहाँका शैक्षिक वातावरण, रहन–सहन, फि लगायतका बारेमा जानकारी गराएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोडका म्यानेजर कृष्ण खतिवडाले जानकारी दिए ।


कार्यक्रममा अस्ट्रेलियाका स्टडी ग्रुप चाल्स स्टट युनिभर्सिटी, इसिए भिक्टोरिया युनिभर्सिटी, एपीआइसी, काप्लान, होम्स, ब्राइटन कलेज, टेफ एनएसडब्लु, टेफ क्विङ्स्लेन, किङ्स वान इन्स्टिच्युट, क्युआइबीए, आरजेआइटी इभोलुसन लगायतका कलेज तथा युनिभर्सिटीबाट आएका प्रतिनिधिहरुले विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रतिनिधिले अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई एजुकेशन लोनको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसका सिइओ सञ्जिव शर्माले नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको बताए ।


त्यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका नेपाल डाइरेक्टर खेम संग्रौलाले एक्सपर्टले स्थापनाकालदेखि नै उच्च शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको बताउँदै अहिलेसम्म धेरैभन्दा धेरै विद्यार्थीहरुको भिजा लगाउन सफल भएको बताए । उनले सन् २००३ मा स्थापना भएको एक्सपर्ट अस्ट्रेलिया, अफ्रिका, मंगोलिया, बंगलादेश, फिलिपिन्स, हङकङ, भारत र नेपालमा गरी ३१ वटा शाखा रहेको बताए ।


आफू पनि झापाली भएकाले झापाबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने र उनीहरुलाई आइपर्ने जस्तोसुकै समस्या समेत आफूले समाधान गर्ने उनले बताए । कार्यक्रममा एक्सपर्टका एडिलेट डाइरेक्टर रुपक बर्तौलाले सहभागी विद्यार्थीहरुमाझ एक्सपर्ट सम्बन्धी प्रस्नोत्तर कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा तीन सयभन्दा बढी विद्यार्थीहरुले शैक्षिक परामर्श लिएको एक्सपर्टका बिर्तामोड शाखा म्यानेजर कृष्ण खतिवडाले जानकारी दिए । सेमिनारमा सहभागीहरु विद्यार्थीहरुका लागि एक्सपर्टले सेल्फी वीन कार्यक्रम सञ्चालन गरेको थियो । एक्सपर्टको ब्यानरमा सेल्फी खिचेर पोष्ट गरेपछि जसकोमा बढी लाईक र शेयर हुन्छ उसलाई एक्सपर्टले विशेष उपहार प्रदान गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन एक्सपर्टका कन्ट्री म्यानेजर शरदराज पाठकले गरेका थिए ।

Views: 131

प्रतिक्रिया (०)