Aamsanchar

राजविराजले जित्यो हाशिल गर्यो टिभिएस टि – ट्वान्टी क्रिकेटको उपाधि

Author Image
शुक्रवार, असोज १२, २०७५

सुरुङ्गा असोज १२ गते ।
झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ ।
शुक्रवार आज भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लवलाई २ विकेटलले हराउदै नगद ५१ ह्जार सहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ ह्जार नगद सहित ट्रफि हात पारेको छ । पहिलो टच जितेर राजविराजले विराटनगरलाई ब्याटिङ्गको निम्तो दिएको थियो ।

जसमा विराटनगरले आफ्नो ९ विकेटको क्षतिमा १ सय ३२ रनको मध्यम स्तरको स्कोर बनाएको थियो । विराटनगरका तर्फबाट राष्ट्रिय टिमका सदस्यसमेत रहनुभएका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोड्नुभयो भने अमर राउटेलाले २५ रन जोड्नुभयो । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३ र दिवासु मल्लिकले २ विकेट लिनुभयो । राजविराजले आफ्नो १३३ रनको विजयी लक्ष्य ८ विकेटको क्षतिमा अन्तिम ३ वल बाकी छदै हासिल गरेको थियो ।

ज्यादै रोमान्चक बनेको फाइनल खेलमा राजविराजका लागि अन्तिम ओभरमा १२ रनको आवश्यकता रहेको वेला ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै राजविराज विजयी बनेको हो । राजविराजका अन्य दिनमा चलेका ब्याटम्यान राष्ट्रिय खेलाडी महबुब आलम चल्न नसके पनि अन्य ब्याटम्यानहरुले खुलेर ब्याटिङ्ग गरेका थिए । हासिम अन्सारीले ३९ रन र विवेक यादवले २४ रनको योगदान गर्नुभयो ।

विराटनगरका वलरहरु अजय राजवंशी र मन्दिप श्रेष्ठले समान २-२ विकेट लिएपनि विराटनगरको हारलाई टार्न सक्नुभएन । प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच विराटनगरका हासिम अन्सारी हुनुभयो उहाले नगद २ हजार प्राप्त गर्नुभयो । यसैगरि प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराजका महबुब आलम हुनुभयो उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । यसैगरि प्रतियोगिताकै सर्बोकृष्ट विकेट किप्पर भैरहवाका प्रज्जल थापा , सर्वोकृष्ट बलर आयोजक ह्वाइट वास क्रिकेट क्लवका दिपेश कडेँल , सर्बोकृष्ट ब्याट मेन राजविराजका अमृत यादव हुनुभयो उहाँहरु सबैले नगद ५ हजार र ट्रफि पाउनुभयो ।

कनकाई सचे युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको प्रथम पुस्रस्कार टिभिएस मोटरसाइकल र दोस्रो पुरस्कार रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले उपलब्ध गराएको थियो । प्रतियोगितामा विजयी उपविजयी तथा बिभिन्न विधागत खेलाडीहरुलाई कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई , महिला राष्ट्रिय टिमकी क्याप्टेन रुविना श्रेत्री कनकाई नगरपालिका प्रवत्ता गोविन्द पौडेल , टिभिएस मोटरसाइकलका अमृत नेपाल , रुद्र गौरी प्रतिष्ठानका नारायण ओली लगायातले पुरस्कार प्रदान गनुभयो । प्रतियोगिता कनकाई माविको खेल मैदानमा असोज ६ गतेदेखि संचालन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)