Aamsanchar

गण्डक नहरमा डुबेर हराएका मृत फेला

Author Image
शनिवार, असोज १३, २०७५

नवलपरासी,

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् ।

भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो ।

गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नहरमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी गरेपछि प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नजिकैबाट शव फेला परेको थियो ।

Views: 117

प्रतिक्रिया (०)