Aamsanchar

ए डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र आर्मी खेल्दै

Author Image
शनिवार, असोज १३, २०७५

काठमाडौं,

झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु हुँदैछ ।

पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन ।

शनिबार हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

त्यसअघि उद्घाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् ।

प्रतियोगिताअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले  लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मी पहिलो पटक लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिए ।

यता एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने आफ्नो टिममा फिटनेसको समस्या रहेको स्वीकारे । टुँडीखेलको खराब मैदानमा प्रशिक्षण गर्नुपरको र तयारी पनि पर्याप्त नभएको मुल्मीको गुनासो थियो । तर, आर्मीलाई कडा टक्कर दिने विश्वास उनको छ ।-उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर