Aamsanchar

निलम्बित एसपी विष्टसहित तीनैजनाको डिएनए ‘नेगेटिभ’

Author Image
आइतवार, असोज १४, २०७५

कञ्चनपुर,

१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको दायरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्टलगायत तीनैजनाको ‘डीएनए म्याच’ नभएको रिपोर्ट अाएको छ।

अनुसन्धानकाका क्रममा काठमाडौंस्थित केन्द्रीय विधिविज्ञान प्रयाेगशालामा एसपी विष्ट, छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेस्ट गरिएको थियो। डीएनए परीक्षणकाे नतिजा ‘नेगेटिभ’ अाएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक कृष्णराज अोझाले जानकारी दिए।

कञ्चनपुरवासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए। अान्दोलनले उग्र रूप लिएपछि मात्र तत्कालीन एसपी बिष्टलगायतमाथि अनुसन्धान अघि बढाइएको थियो। यता  पन्तको बलात्कार र हत्या घटनामा प्रहरी प्रशासन गम्भीर नबनेकाे भन्दै शारदा चन्दलगायत अधिकारकर्मीले अाइतबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

पत्रकार सम्मेलनपछि अान्दाेलनको स्वरूप निर्धारण गर्ने चन्दले जानकारी दिइन्। कञ्चनपुर भीमदत्तनगरपालिका- २ महुलीयाकी निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी थिइन्। उनी त्यसको दोस्रो दिन अर्थात् साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर