Aamsanchar

ल्याब तथा एक्स–रे सेवा सञ्चालन

Author Image
आइतवार, असोज १४, २०७५

रुकुम, 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो ।

उहाँले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताउनुभयो । “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।”

गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तर्गतको सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याब तथा सादा एक्स–रे सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाको रु १५ लाख बजेटबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर