Aamsanchar

भवन निमार्णका लागि जग्गा व्यवस्थापन

Author Image
आइतवार, असोज १४, २०७५

नवलपरासी,

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–५ को आफ्नै वडा कार्यालय निमार्णका लागि जग्गा व्यवस्थापन भएको छ । वडा नं ५ को बाघखोरको गैहीटोलमा रहेको दुर्गा मन्दिरको दुई कट्ठा जमीन व्यवस्थापन भएको वडाध्यक्ष नुमाकान्त पाठकले बताउनुभयो ।

नगरपालिकाबाट चालू आव ०७५÷७६ मा चार वटा वडा कार्यालय निर्माणमा रु एक करोड रकम विनियोजन भएको छ । जसमा वडा नं १, ३, ५ र ११ वडाले रु २५÷२५ लाख पाउने बताइएको छ । जसअन्तर्गत मध्यविन्दु वडा नं ५ ले पनि रु २५ लाख बजेट भवन निर्माणका लागि खर्चिनेछ ।

स्थानीय निर्वाचन सम्पन्न भएको करीब ढेड वर्ष बितिसक्दा मध्यविन्दु वडा नं ५ को आफ्नै वडा कार्यालय नभएकामा अहिलेसम्म बाघखोरको मध्यविन्दु सङ्कलन केन्द्रबाट नै आफ्ना कामहरु गरिँदै आएको थियो र अहिले आफ्नै भवन निर्माण गर्नका लागि जमीन व्यवस्थापन हुँदा वडाअध्यक्ष पाठकले खुशी व्यक्त गर्नुभयो

Views: 126

प्रतिक्रिया (०)