Aamsanchar

प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन् : नेता केसी

Author Image
आइतवार, असोज १४, २०७५

बेनी, 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथि हस्तक्षेप नगर्न सरकारसंग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारणसभा तथा पाँचाँै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।

नेता केसीले सामाजिक सञ्जाल नियन्त्रणका नाममा प्रेसमाथि नै अङ्कुश लगाउने काम गर्नु उपयुक्त होइन भन्दै आम सञ्चारमाध्यमले नेतामुखी भन्दा नीतिमुखी र व्यक्तिभन्दा पनि सही विचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेता केसीले स्थानीय, प्रदेश र सङ्घीय सरकारले करको सीमा निर्धारण नगर्दा जनतामा करको भार थपिएको उल्लेख गर्दै उहाँले करको उपयोगलाई समेत हेक्का राख्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रेस युनियन म्याग्दीद्वारा स्थापित ‘प्रेस युनियन पत्रकारिता पुरस्कार–०७५’ बाट पत्रकार हरिकृष्ण गौतमलाई सम्मान गरियो । नगद रु पाँच हजारसहित सम्मानपत्रद्वारा उहाँलार्य सम्मान गरिएको हो ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर