Aamsanchar

झापा प्रहरीको पिडित सहायता कार्यक्रम सोमबारबाट शुरु

Author Image
आइतवार, असोज १४, २०७५

बिर्तामोड ।

जिल्ला प्रहरी कार्यालय झापाले आज (सोमबार)बाट पिडित सहायता कार्यक्रम शुरु गरेको छ ।

कुनै पनि घटना वा अपराधबाट पिडित ब्यक्रिले प्रहरी कार्यालयमा गएर निवेदन वा जाहेरी दिएपछि त्यस विषयमा पिडितले बारम्बार प्रहरी कार्यालयमा धाउनु नपरोस भनेर जिल्ला प्रहरी कार्यालय झापाले अपराध पिडितलाई प्रहरी साथी कार्यक्रम शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक ढकालले कुनै पनि विषयमा जाहेरी वा निवेदन दर्ता गराएपछि प्राप्त उपलब्धीको विषयलाई प्रहरी आफैंले फोन गरेर जानकारी गराउने उल्लेख गरे । उनले भने–छुट्टै डेक्स स्थापना गरेर पिडितका निवेदन र जाहेरी लिन्छौं र त्यसबाट प्राप्त उपलब्धी, जानकारीहरु अनुसन्धानलाई बाधा नपुग्ने कुरा हामी फोन मार्फत सम्बन्धित ब्यक्तिलाई जानकारी गराउछौं ।

यो अभियान झापाका सबै प्रहरी कार्यालयमा एकैसाथ शुरु हुने र यसबाट पिडित पक्षलाई प्रहरीले अनुसन्धान तथा कारबार्ही प्रक्रिया कसरी अघि बढाइरहेको छ भन्ने जानकारी पाउन सहज हुने प्रहरी उपरीक्षक ढकालको भनाई छ । बारम्बार प्रहरी कार्यालय धाउनुनपरोस् भनेर प्रहरीले यो कार्यक्रम शुरु गरेको जनाइएको छ ।

झापा जिल्लालाई नमुना पुलिस बनाउने उद्धेश्यका साथ लागेको भन्दै प्रहरी उपरीक्षक ढकालले भने–झापाका सम्पूर्ण प्रहरी कार्यालयहरुमा यो सेवा शुरु हुदैछ, यसले गर्दा नागरिकले अब सहज रुपमा सेवा प्राप्त गरेको अनुभूत गर्नेछन् ।

पिडितको साथी प्रहरी कार्यक्रमका लागी ७९ जना प्रहरी कर्मचारी खटिने जनाइएको छ । आर्थिक वर्ष २०७५–७६ को हाल सम्म विभिन्न अपराधका २८१ जहेरी दरखास्त पारेका छन् । त्यस्तै विभिन्न समस्या र घटनाको ठाडो निवेदन १८६५ परेका छन् । त्यस्तै असोज महिनाको १४ गतेसम्ममा मात्रै २६६ वटा निवेदन परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पिडितको सहायताका लागी प्रहरी साथी क्रार्यक्रम शुरु भएपछि अब नागरिकले एक पटक जाहेरी दिएपछि त्यसबाट प्राप्त उपलब्धीका लागी प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने प्रहरी उपरीक्षक ढकालले बताए ।
प्रहरीले ल्यायो चाडपर्व सुरक्षा योजना–

जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व सुरक्षा योजना कार्यक्रम ल्याएको छ । नेपालीहरुको महान् पर्व वडादशैं, शुभदिपावली, छठ पर्व लगायतका पर्वहरु नजिकिएसंगै प्रहरीले सुरक्षाको विशेष योजना ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकालले बताए ।

चाडपर्वमा हुनसक्ने सम्भावित घटनाहरु रोकथाम र न्यूनिकरण गर्ने, सवारी दुर्घटना न्यूनिकरण गर्ने, धार्मिक मेला लाग्ने स्थान, मठमन्दिर, देवालय लगायत विभिन्न प्रतिष्ठानहरुको सुरक्षा गर्ने, बैंक तथा वित्तिय क्षेत्रमा निगरानी बढाउने, चाडपर्वको नाममा मादकपदार्थ सेवन, जुवातास लगायतका गतिविधि नियन्त्रण गर्ने प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

उनले यो समयमा हुने अपराध नियन्त्रण गर्नका लागी प्रहरीलाई चनाखो रुपमा परिचालन गर्ने बताए । झापाका संवेदनशिल क्षेत्रको पहिचान गरेर उक्त स्थानमा प्रहरीले निगरानी बढाएको हुनाले कुनै पनि शंकास्पद गतिविधि गरेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न सबैसंग आग्रह गरेका छन् ।

चाडपर्वको समयमा विभिन्न विष्फोटक पदार्थ भित्रन सक्ने भएकाले प्रहरीले निगरानी बढाएको र कसैले भित्र्यिाएको फेला परेमा कानुन अनुसार कडा कारबार्ही गर्ने चेतावनी दिएका छन् ।

यो समयमा घर खाली गरेर कतै जानुपरेमा छरछिमेक तथा नजिकैको प्रहरीलाई जानकारी गराउन पनि प्रहरी उपरीक्षक ढकालले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर